अरिंगालको झुन्डले बालबालिकामाथि आक्रमण गर्दा २ जनाको मृत्यु, २ गम्भीर घाइते

  • सोमबार १९ असो २०८३ ०६:०४ AM
रौतहट । वीरगञ्जसँग जोडिएको भारतको बिहारस्थित रक्सौलमा अरिंगालको झुन्डको आक्रमणमा परेर दुई बालकको मृत्यु भएको छ । घटनामा अन्य दुई बालक गम्भीर घाइते भएका छन् । सीमावर्ती भारतीय बजार रक्सौलको हरैया थाना क्षेत्रअन्तर्गत नेपाली स्टेशन नजिकै गत २ अक्टोबर बिहान पुरानो फुसको घरमा खेलिरहेका चार बालबालिकामाथि अचानक अरिंगालको झुन्डले आक्रमण गरेको थियो । आक्रमणपछि चारै जनालाई तत्काल उपचारका लागि रक्सौलस्थित डंकन अस्पताल लगिएको थियो । उपचारको क्रममा आइतबार साँझ लखन कुमार मल्लिक (७)को आइतबार साँझ मृत्यु भएको हो । लखनका बुबा स्वर्गीय इन्दल मल्लिक हुन् भने करणका बुबा विजय मल्लिक हुन् । ... The post अरिंगालको झुन्डले बालबालिकामाथि आक्रमण गर्दा २ जनाको मृत्यु, २ गम्भीर घाइते appeared first on Kalika Khabar.