काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक शुरू भएको छ। चिया नास्ता र खाजापछि नेताहरू खुलामञ्चमा आएपछि बैठक शुरू भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए । प्रवक्ता चालिसेका अनुसार पार्टीको १५औँ महाधिवेशन अन्तर्गतको बन्दसत्रमा पेस गर्ने प्रतिवेदनमाथि केन्द्रीय कार्यसमितिले पारित गरेपछि मात्र बन्दसत्र शुरू गर्ने कार्यक्रम रहेको छ । उनले भने, 'पार्टीले विभिन्न समितिलाई जिम्मेवारी दिएको छ । त्यो जिम्मेवारीअनुसार उहाँहरूले प्रस्ताव पेश गर्