काठमाडौं : प्रधानसेनापति अशोकराज सिग्देल संयुक्त अधिराज्य (बेलायत)को भ्रमणका लागि आज प्रस्थान गरेका छन्। बेलायतका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरको निमन्त्रणामा ७ दिने औपचारिक भ्रमणका लागि प्रधानसेनापति सिग्देल आज बेलायत प्रस्थान गरेका हुन्।प्रस्थान गर्नु अघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंग के.सी. ले बिदाइ गरेका थिए। उक्त भ्रमणले सदियौंदेखि रहँदै आएको दुई देशबिचको आपसी सैनिक सम्बन्धमा टेवा पुग्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट