काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। चिया–नास्ता र खाजापछि नेताहरू खुलामञ्चमा भेला भएपछि केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए। प्रवक्ता चालिसेका अनुसार केन्द्रीय कार्यसमितिले बन्दसत्रमा पेस हुने विभिन्न प्रतिवेदन तथा प्रस्ताव अनुमोदन गरेपछि मात्रै बन्दसत्र सुरु हुनेछ। ‘पार्टीले विभिन्न समितिलाई जिम्मेवारी दिएको