काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेस गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेका छन्। आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा पार्टीको विगतको आत्मसमीक्षादेखि निर्वाचनपूर्व गठबन्धन नगर्ने नीति, सार्वजनिक निकायमा दलीय भागबन्डा अन्त्य, निर्वाचन सुधार, प्रधानमन्त्रीको कार्यकाल सीमा र पार्टी पुनर्संरचनासम्मका विषय समेटिएका छन्।