नेपाल लाइफ बन्यो एनपीएलको ‘पावर्ड बाई’ पार्टनर

  • सोमबार १९ असो २०८३ ०५:२४ AM
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नेपाल प्रिमियर लिग (एनपीएल) को ‘पावर्ड बाई’ पार्टनर बनेको छ । कम्पनीले एनपीएलको टेलिभिजन प्रसारणका लागि हिमालय स्पोर्ट्स एचडीसँग सहकार्य गरेको हो । यससम्बन्धी सम्झौता एक समारोहबीच सम्पन्न भएको कम्पनीले जनाएको छ । यस वर्षको टी–२० क्रिकेट प्रतियोगिता एनपीएल २०८३ कात्तिक ९ गतेदेखि मंसिर २१ गतेसम्म सञ्चालन हुँदैछ ।