कांग्रेस १५औँ महाधिवेशन : बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

  • सोमबार १९ असो २०८३ ०५:५७ AM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया सुरु हुँदैछ । आइतबार काठमाडौंको खुलामञ्चमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएसँगै कांग्रेस बन्दसत्र हुँदै निर्वाचन प्रक्रियातर्फ अघि बढ्न लागेको हो । कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार खुलामञ्चमा केही बेरमा केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बन्दसत्रमा पेस हुने प्रतिवेदनहरू केन्द्रीय कार्यसमितिबाट पारित