कांग्रेस महाधिवेशनस्थलमा टोपीदेखि जुम्लाको स्याउ र कांग्रेसका पुस्तकसम्मको व्यापार

  • सोमबार १९ असो २०८३ ०५:१२ AM
नेपाली कांग्रेसको महाधिवेशनस्थल आइतबार नेता–कार्यकर्ताको राजनीतिक जमघटमा मात्र सीमित रहेन । महाधिवेशनमा सहभागीको भीडसँगै विभिन्न ठाउँबाट आएका व्यवसायी तथा सामग्री विक्रेताले पनि आफ्नो उत्पादन र सामग्री बिक्रीका लागि स्थललाई अवसरका रूपमा प्रयोग गरेका छन् । महाधिवेशनस्थलमा ढाका तथा स्थानीय सामग्रीबाट बनेका टोपी बेचिरहेका राजु बस्नेतका लागि खुलामञ्चको भीड नयाँ बजार हो । उनी अरूले उत्पादन