कांग्रेसको आर्थिक नीति : निजी क्षेत्रलाई इन्जिन, राज्यलाई सामाजिक न्यायको जिम्मेवारी

  • सोमबार १९ असो २०८३ ११:२८ AM
काठमाडौं । नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै लोकतन्त्रसँगै आर्थिक समानता र सामाजिक न्यायलाई राजनीतिको आधार बनाउँदै आएको छ । २०१२ सालको वीरगन्ज महाधिवेशनले प्रजातान्त्रिक समाजवादलाई पार्टीको वैचारिक दिशाका रूपमा अघि सारेपछि कांग्रेसको आर्थिक नीति राज्यको सामाजिक दायित्व, आर्थिक अवसरको विस्तार र उत्पादनसँग जोडिँदै आयो । तर समयसँगै अर्थतन्त्रको स्वरूप बदलियो । २०४६ सालको राजनीतिक परिवर्तनपछि कांग्रेस नेतृत्वको सरकारले आर्थिक उदारीकरण, निजीकरण र बजारमुखी सुधारलाई अघि बढायो । त्यसपछि कांग्रेसको आर्थिक नीतिमा एउटा स्थायी प्रश्न रहँदै आएको छ, समाजवाद र बजार अर्थतन्त्रलाई कसरी सँगसँगै अघि बढाउने