विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका–२ मा सोमबार बिहान दुर्घटना हुँदा १८ वर्षीय युवकको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । कोशी लोकमार्गअन्तर्गत नेपाल फ्युल सेन्टरअगाडि बिहान करिब ६ बजेतिर दुर्घटना भएको हो । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको कोशी प्रदेश–०२–०६१ प ७८५२ नम्बरको मोटरसाइकलले बाटो काटिरहेका साइकल यात्रीलाई ठक्कर दिएको थियो । साइकललाई ठक्कर दिएपछि मोटरसाइकल अनियन्त्रित भई सडक किनारको रेलिङमा ठो