सुनसरी : सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछी चोकबाट प्रहरीले बन्दागोभी बोकेको ट्रकबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। आइतबार राति ११:५० बजे अस्थायी प्रहरी पोस्ट सखुवागाछी र ट्राफिक प्रहरी कार्यालय इनरुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख १८२५ नम्बरको ट्रकलाई शंका लागेर रोकी चेकजाँच गरेको थियो।चेकजाँचका क्रममा ट्रकमा बन्दागोभीले छोपेर राखिएको अवस्थामा ८३ वटा बोरामा प्रतिबन्धित लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड