माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु,एक गम्भीर

  • सोमबार १९ असो २०८३ ११:०० AM
काठमाडौं : बागलुङ निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुईजना मजदुरको मृत्यु भएको छ।  एकजना मजदुर गम्भीर घाइते भएका छन्।सोमबार बिहान करिब ७ :२० बजे झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्को खसेर मजदुरहरू पुरिएका हुन्।मृत्यु हुनेमा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर,गाईघाटका ३२ वर्षीय राजु थापामगर रहेका छन्। दुवैजना माटोको ढिस्कोमा पुरिएको अवस्थामा फ