काठमाण्डु – चिनियाँ वैज्ञानिकहरूको एक टोलीले नेपाल र चीन दुवै प्रभावित भएको ठूलो भूगर्भीय विपद्को संयुक्त स्थलगत अध्ययन गर्न नेपाल भ्रमण गर्ने भएको छ । चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको छेन्दुबाट नेपाल प्रस्थान गर्ने टोलीको नेतृत्व चाइना युनिभर्सिटी अफ जियोसाइन्सेस (बेइजिङ) ले गर्नेछ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) को सहकार्यमा सञ्चालन हुने यो संयुक्त