काठमाडौं । बडादसैंको चहलपहल बढेसँगै चंगा उडाउने क्रम बढ्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा चंगा, बेलुन तथा ड्रोन नउडाउन आग्रह गरेको छ । प्राधिकरणले विमान उड्ने तथा अवतरण गर्ने क्षेत्रमा चंगा, बेलुन वा ड्रोन पुगेमा हवाई सुरक्षामा गम्भीर असर पर्न सक्ने जनाएको छ । विशेषगरी चंगाको डोरी, बेलुन र