काठमाडौं । नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान नयाँ सिक्का उत्पादन तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । केन्द्रीय बैंकले सिक्काको डिजाइन, टकमरी (मिन्टिङ) तथा आपूर्तिसम्मको कामका लागि विश्वस्तरका योग्य सेक्युरिटी मिन्टिङ कम्पनीबाट प्रस्ताव माग गरेको हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सोमबार सूचना जारी गर्दै पूर्वयोग्यता हासिल गरेका