पूर्वमन्त्रीहरूको पहलमा नयाँ नागरिक अभियान घोषणा हुँदै

  • सोमबार १९ असो २०८३ ०३:१६ AM
काठमाडौं । पूर्वमन्त्री सुरेन्द्र पाण्डे, हृदयेश त्रिपाठी र दीपकुमार उपाध्यायलगायतको पहलमा नयाँ नागरिक अभियान घोषणा हुने भएको छ। अभियान घोषणा गर्न सोमबार दिउँसो ३ बजे ललितपुरको पुल्चोकस्थित द प्लाजामा भेला आयोजना गरिएको छ। आयोजकका अनुसार उक्त अभियानलाई गैरराजनीतिक तथा नागरिक समाजको पहलका रूपमा अघि बढाइनेछ। अभियानको पहलमा पूर्वमन्त्रीहरूसँगै नागरिक समाजका विभिन्न व्यक्तिहरू पनि सहभागी रहेको बताइएको छ। अभियानमा अरुणकुमार सुवेदी र सर्वेन्द्रनाथ शुक्लसमेत सहभागी छन्। आयोजकका अनुसार नागरिक तहबाट उठेका विभिन्न सवाल तथा समसामयिक विषयलाई केन्द्रमा राख्दै अभियानलाई अघि बढाउने तयारी गरिएको छ। सोमबार हुने घोषणा कार्यक्रममा अभियानको उद्देश्य, संरचना, आगामी कार्यदिशा तथा ... The post पूर्वमन्त्रीहरूको पहलमा नयाँ नागरिक अभियान घोषणा हुँदै appeared first on Kalika Khabar.