त्रिदेशीय मार्गको शुभघाटमा नयाँ सडक खन्ने क्रम जारी

  • सोमबार १९ असो २०८३ १०:०० AM
नुवाकोट : लेन्देखोलाबाट रसुवागढी हुँदै त्रिशूली नदीमा मिसिएको अकल्पनीय बाढीले नुवाकोटमा कटान गरेको शुभघाटस्थित भित्तामा नयाँ ट्र्याक खन्ने कार्य धमाधम भइरहेको छ। दैनिक रूपमा हेभि इक्युपमेन्टमार्फत नयाँ ट्र्याक खन्ने कार्य भइरहेको छ।त्रिदेशीय मार्गअन्तर्गत ढुंगे–शुभघाट–बेत्रावती सडकमार्गको सातविसे क्षेत्रमा तीन सातादेखिको निरन्तर नयाँ ट्र्याक खन्ने कार्य सकिएसँगै पासाङल्हामु मार्ग जोडिएको हो। अब गल्छी–मैलुङ सडकखण्डको गेर्खुनजिकै शुभघाटमा सडक सुचारूको लागि मर्मत कार्य भइरहेक