अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार

  • सोमबार १९ असो २०८३ ०३:४९ AM
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । यसअघि बाह्रौँ महाधिवेशनदेखि नै निरन्तर महासमिति सदस्य सत्तार कांग्रेसको जारी १५औँ महाधिवेशनमा गोरखा–२ बाट महाधिवेशन प्रतिनिधि छन् । कांग्रेसको दुई कार्यकाल केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका सत्तारले यसपटक भने मुस्लिम क्लस्टर तर्फबाट सहमहामन्त्रीमा उम्मेदवारीको घोषणा गरेका हुन् । सत्तार नेपाली