प्रवासीका एजेन्डासहित नवराज शिवाकोटी कांग्रेस केन्द्रीय सदस्य लड्ने

  • सोमबार १९ असो २०८३ ०३:५६ AM
लामो समयदेखि प्रवासी नेपालीहरुका मुद्दा साथै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय नवराज शिवाकोटीले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका पूर्वसभापति एवम् १३औँ, १४औँ र १५औँ महाधिवेशनका महासमिति सदस्य शिवाकोटीले पार्टी संगठनको सुदृढीकरण, आन्तरिक एकता र बदलिँदो समयअनुसार कांग्रेसलाई थप जनमुखी बनाउने प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेका