काठमाडौं । कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भू-भागमा पश्चिमी वायु तथा कोशी, मधेश, बागमती प्रदेशका सबै भू-भाग र गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बादल लागेको छ । कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बाँकी तराई भू-भागमा हुस्सु लागेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। कर्णाली ... The post पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव कायमै, यी प्रदेशमा हल्का वर्षाको सम्भावना appeared first on Kalika Khabar.