रविले गगनलाई के लगाए दोस्रो ‘गुन’ ?

  • सोमबार १९ असो २०८३ ०९:०१ AM
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले कांग्रेस सभापति गगन थापालाई आफूले ‘दोस्रो गुन’ लगाएको खुलासा गरेका छन्। तर, उनले आफूले लगाएको पहिलो गुन के थियो ? भन्ने खुलाएनन्।कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिँदै लामिछानेले भने, ‘कहिलेकाहीँ पार्टीभित्र बसेर सधैं कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा–फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो हुन्छ। यति भनिदिएर मैले गगनजीलाई दोस्रो गुन लग