काठमाडौं : ‘बीपी कोइराला र गणेशमान सिंहको छोरा कहाँ हुनुहुन्छ ? मलाई थाहा छैन तर आत्मा यही छ,’ कांग्रेस सभापति गगन थापाले ‘पारिवारिक र राजनीतिक विरासत बोकेको नेतृत्वको अनुपस्थितिबारेको जिज्ञासा शान्त पार्न खोजे।बीपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधि पुत्रमात्र होइनन्, झन्डै एक दशक कांग्रेस नेतृत्व हाँकेका पूर्वसभापति शेरबहादुर देउवा पनि पार्टीको १५ औं महाधिवेशनको उद्घाटन सत्रमा अनुपस्थित थिए। तर, राजनीतिक र पारिवारिक विरासतले मात्रै पार्टी अघि बढ्न नसक्ने सभापति थ