काठमाडौं : अमेरिकाले बेलायतस्थित 'आरएएफ फेयरफोर्ड' (RAF Fairford) सैन्य अखडामा तैनाथ आफ्ना सबै बमवर्षक विमानहरू फिर्ता बोलाएको छ। गत सेप्टेम्बर २७ मा उक्त एयरबेसनजिकै घटेको एक शंकास्पद घटनाबारे बेलायतको आतंकवाद विरोधी प्रहरीले अनुसन्धान तीव्र पारिरहेका बेला अमेरिकाले आफ्ना सबै बमवर्षक विमानहरू फिर्ता बोलाएको हो।अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले आइतबार यस निर्णयको पुष्टि गर्दै फेयरफोर्डमा रहेका सबै बमवर्षक विमानहरूलाई अमेरिका फर्काइसकिएको जानकारी दिएका छन्। यद्यपि, विमानह