सभापति थापाको निष्कर्ष-उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो

  • सोमबार १९ असो २०८३ ०२:५३ AM
काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा पछिल्ला दुई दशकको राजनीतिक यात्रामा कांग्रेसबाट भएका कमजोरीमाथि निर्मम आत्मसमीक्षा गरेका छन्। उनले कांग्रेसले राजनीतिक उद्देश्यभन्दा पद र सत्तालाई प्राथमिकता दिएको, नीतिगत सहकार्यलाई लेनदेनमा सीमित गरेको, सार्वजनिक नियुक्तिमा भागबन्डा र आफ्ना पक्षका व्यक्तिलाई जोगाउने प्रवृत्ति अपनाएको स्वीकार गरेका छन्। थापाका अनुसार