कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा बस्दै

  • सोमबार १९ असो २०८३ ०२:४५ AM
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । बैठक आज बिहान १० बजे पार्टीको १५औँ महाधिवेशनस्थल काठमाडौंको खुलामञ्चमा बस्ने भएको हो । बैठकमा पार्टीको १५औँ महाधिवेशनसँग सम्बन्धित विषय तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।