हिउँ छिचोल्दै डोल्पाबाट जोमसोम आइपुगे १ हजार भेडाच्याङ्ग्रा

  • सोमबार १९ असो २०८३ ०१:४६ AM
दसैँ पर्व नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ । यसै क्रममा मुस्ताङको जोमसोममा माथिल्लो डोल्पाबाट भेडाच्याङ्ग्राका बथान आइपुगेका छन्। उपल्लो मुस्ताङबाट पनि भेडाच्याङ्ग्रा जोमसोम आइपुगेका छन्। आफ्ना पाँच सहकर्मीसहित करिब एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा जोमसोम आइपुगेको डोल्पाका व्यापारी शेरबहादुर रोकायाले जानकारी दिए। डोल्पाबाट जोमसोम आइपुग्न रोकायालाई एक साताभन्दा बढी समय लागेको छ। उनले