कर्णाली । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतलगायत विभिन्न जिल्लामा आयोजना हुने भएको छ । नेपाल सरकारले प्रतियोगिता आयोजना गर्ने सम्बन्धमा गरेको निर्णयप्रति स्वागत गर्दै राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिले सरकारलाई धन्यवाद ज्ञापन गरेको छ । स्थानीय तहदेखि खेल प्रतिभाको खोजी, पहिचान र उत्पादन गर्दै नेपाली