तेह्रथुमका सांसद सन्तोष सुब्बाले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

  • आइबार​ १८ असो २०८३ १०:५१ PM
काठमाडौँ। तेह्रथुमबाट निर्वाचित कांग्रेस सांसद सन्तोष सुब्बाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।  आइतबारदेखि सुरु भएको कांग्रेसको १५औँ महाधिवेशनमा सुब्बाले भुगोलतर्फ कोशी प्रदेशबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।  'केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदैछु, सम्पूर्ण महाधिवेसन प्रतिनिधिज्यूहरुको सहयोगको अपेक्षा गरेको छु,' सामाजिक सञ्जालमार्फत उनले भनेका छन्।  सभापति गगन थापासँग निकट रहेका सुब्बा पार्टीको महासमिति सदस्य, जिल्ला सचिव र कोषाध्यक्ष भएर काम गरिसकेका छन्। उनी नेपाल तरुण दलको जिल्ला अध्यक्ष भएर दुई कार्यकालसम्म संगठन निर्माणमा काम गरेका थिए।  २०५२ सालमा क्रियाशील सदस्यता लिएर राजनीतिमा पाइला टेकेका सुब्बाले सुरुवाती चरणमा सामाजिक क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गरेका थिए ।  ०७९ को निर्वाचनमा प्रदेशसभाको चुनाव हारेका उनीले त्यसको चार वर्ष नबित्दै गत फागुनमा भएको निर्वाचनमा तेह्रथुमबाट विजयी भएका थिए।