काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खुलामञ्चलाई राजनीतिक संवाद र असहमतिको खुला थलो बनाउनुपर्ने धारणा राखेको केही घण्टामै प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सामाजिक सञ्जालमार्फत त्यसको जवाफ दिएका छन् । कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले संसद्देखि राजनीतिक दलसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताएका थिए ।