काठमाण्डु – दशैं लगायतका चाडपर्व सुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासका क्षेत्रमा चङ्गा उडाउने गतिविधि बढेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले चङ्गा, बेलुन तथा ड्रोन नउडाउन आग्रह गरेको छ । कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै विमानस्थलको आसपास तथा वायुयानको उडान र अवतरण मार्गमा चङ्गा, बेलुन तथा ड्रोनजस्ता वस्तु उडाउँदा हवाई उडान सञ्चालनमा गम्भीर सुरक्षा