नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा आफूविरुद्ध टिप्पणी गरिएको भन्दै प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन् । आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा विभिन्न वक्ताले प्रधानमन्त्री शाहप्रति टिप्पणी गरेका थिए । त्यसपछि प्रधानमन्त्री शाहले फेसबुकमार्फत व्यंग्यात्मक शैलीमा प्रतिक्रिया दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले