आइतबारबाट सुरु भएको नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत सोमबार दोस्रो दिनको कार्यतालिका सार्वजनिक गरिएको छ । महाधिवेशन व्यवस्थापनका तर्फबाट नेता रमेश धमलाले बन्दसत्र, उम्मेदवारी दर्ता तथा खानपान लगायतका कार्यक्रमबारे जानकारी गराएका हुन् । उनका अनुसार सोमबार बिहान ७ः३० देखि ९ बजेसम्म भृकुटीमण्डपस्थित ठूलो हलमा महाधिवेशन प्रतिनिधिहरूका लागि बिहानी खाजाको व्यवस्था गरिएको छ । त्यसपछि बिहान सवा