काठमाडौं : तनहुँको भानु नगरपालिका–१०, तल्लो मैदानस्थित हटिया–चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका मोटरसाइकल चालक ४५ वर्षीय शंकर पाण्डे र पछाडि सवार ६५ वर्षीय टंकनीति पाण्डे रहेका छन्। दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि पठाइएकोमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो।हटियाबाट चिसापानीतर्फ जाँदै गरेको ग १९ प ८०६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट १० मिटर तल खस्दा दुर्घटना भएको हो।