काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र भोलि सोमबार बिहान ९ बजेदेखि सुरु हुने भएको छ । कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन सत्र आईतबार काठमाण्डुको खुलामञ्चमा सम्पन्न भएको छ । उद्घाटन सत्रपछि आईतबारका निर्धारित कार्यक्रम सम्पन्न भएका छन् । महाधिवेशनको दोस्रो दिन सोमबार बिहान ७:३० बजे भृकुटीमण्डपमा प्रतिनिधिहरूका लागि ब्रेकफास्टको व्यवस्था गरिएको छ । त्यसपछि बिहान