काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले देशका समस्याहरूलाई कोही मान्छेले पनि सहजै रुपमा लिन नहुने बताएका छन् । विश्व राजनीतिको समेत देशमा प्रभाव परिरहेको स्मरण गर्दै उनले यस्तो बताएका हुन् । पार्टीको आजबाट सुरु भएको १५ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले हल्का ढंगले अहिलेका समस्याहरूलाई लिन नहुने जिकिर गरे । ‘हाम्रो समस्याहरूलाई हल्का ढंगले– फेरि हिजो कसैले गर्दै गरेन, आज म आएको छु, छु मन्तर जसरी हल हुन्छ भनेर समस्याको हल पनि हुँदैन,’ उनले भने, ‘नेपालको समस्या नेपालको कारणले मात्रै पनि छैन । विश्व राजनीतिले हामीलाई कसरी गाँजेको छ हामीले हेर्नुपर्दैन