काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि संघर्षको तयारीमा जुट्न निर्देशन दिएका छन्। पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि शान्तिपूर्ण संघर्षका दुईवटा मोर्चा—‘सडक’ र ‘सदन’ रहेको भन्दै सशक्त आन्दोलन र संघर्षको तयारी गर्न निर्देशन दिएका हुन्। संसदमा एमाले संख्यात्मक रूपमा सानो प्रतिपक्ष भएपनि लोकतन्त्र र संविधान निर