काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले महाधिवेशनमा सहभागी बन्ने अपेक्षासहित शेरबहादुर देउवाका लागि कुर्सी खाली राखिएको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै थापाले देउवा उद्घाटनमा आउने अपेक्षासहित कुर्सी खाली राखिएको बताए।‘हामीले शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौँ। उद्घाटन गर्न आउनुहुन्छ भन्ने अपेक्षा गरेका थियौँ,’ उनले भने।देउवाको सम्मान उहाँको ढोकामा पटक-पटक सलामी दिएर नभई उनले काम गरेको पार्टीलाई कति अग्लो र फराकिलो बनाउन यो