बदलिएको यो कांग्रेसले देश बदल्ने क्षमता राख्छ : गगन थापा

  • आइबार​ १८ असो २०८३ ०७:०१ PM
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले नेपाल बदल्ने क्षमता राख्ने बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले कांग्रेस बदलिएको मात्र नभई बदलिएको कांग्रेसले नेपाल बदल्ने क्षमता राख्ने बताएका हुन्।उनले अहिले संसद खुला नभएको र संसद बन्द रहेको भन्दै राजनीतिप्रति वितृष्णा जागेको बताए। अहिलेको राजनीति अति राजनीतिकरणमा परेको उनको भनाइ थियो। ‘हामी अहिले सानो भएका छौँ। तर यसअघि पनि कांग्रेस सानो-ठूलो भएको छ। त्यसले कांग्रेसलाई