काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने श्रृंखलाको लागि नेपाली टोलीको बिदाई गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार टोलीको बिदाइ गरेको हो।क्यान अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले टोलीलाई शुभकामना दिँदै बिदाइ गरे। नेपाल, ओमान र क्यानडाबीचको शृङ्खला अक्टोबर ९ देखि १९ सम्म ओमानमा हुनेछ। बिदाई कार्यक्रममा बोल्दै क्यानका सचिव पारसले राम्रो क्रिकेट खेल्दै जित निकाल्न शुभकामना दिए। ‘महत्वपूर्ण सिरिज छ, अन्य नतिजाले