बाँके – भेरी अस्पतालमा प्रसूति सेवा लिनेको संख्या बर्सेनि बढ्दो क्रममा छ । अस्पतालप्रति नागरिकको बढ्दो विश्वास र प्रसूति गराउन स्वास्थ्य संस्था नै पुग्नुपर्छ भन्ने चेतनाका कारण भेरी अस्पतालमा प्रसूति गराउनेको संख्या बढ्दै गएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालका अनुसार आर्थिक वर्ष २०८२/८३ मा भेरी अस्पतालले ६ हजार ५९७ जनालाई सुत्केरी