काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले संसद र पार्टीभित्र पर्याप्त खुलापन नभएको भन्दै देशभर ‘खुलामञ्च’को संस्कार विकास गर्नुपर्ने बताए। ‘संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ,’ थापाले