काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रलाई जनताको दैनिक जीवनमा देखिने परिणामसँग जोड्ने पुलको काम कांग्रेसले गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले लामो राजनीतिक संघर्ष र परिवर्तनपछि पनि रोजगारी सिर्जना, युवा पलायन रोकथाम र जनताको जीवनस्तर सुधारमा अपेक्षित परिणाम आउन नसकेको भन्दै अब सबै राजनीतिक दलले गम्भीर समीक्षा गर्नुपर्ने