देउवाका लागि कुर्सी खाली राख्यौँ, तर आउनुभएन : गगन थापा

  • आइबार​ १८ असो २०८३ १२:५२ PM
काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि १५औँ महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्। महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले देउवालाई महाधिवेशनमा ल्याउन पार्टीका नेताहरू कति पटक र कसरी जाने भन्ने प्रश्नसमेत उठाए। ‘पूर्वसभापति शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौँ। तर आउनुभएन। कति पटक जाने हो,