राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार ढल्ने हल्लाको पछि नलाग्न आग्रह गर्दै सरकार परिवर्तन गर्ने माध्यम निर्वाचन मात्रै हुनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै लामिछानेले लोकतन्त्रको रक्षाका नाममा आन्दोलनबाट सरकार ढाल्ने प्रयास गर्न नहुने बताए। उनले भने, ‘ढल्न त ढल्छ, तर यो पटक–पटक