काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा राजनीतिक दलहरू पुरानै ढाँचामा सीमित भएर बस्न नसक्ने बताएका छन्। आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले २१औँ शताब्दीमा विश्वमा तीव्र विकास भइरहेको भन्दै त्यसअनुसार नेपालको राजनीतिक परिवेशलाई बुझ्न आवश्यक रहेको बताए। उनले भने, ‘अहिले २१औँ शताब्दीमा आइपुग्दा विश्वमा जुनखालको चमत्कारी विकास भएको छ, राजनीतिक दलहरूलाई पहिलेकै ढाँचामा रहने छुट दिँदैन। त्यसैले नेपालमा जुनखालको राजनीतिक उथलपुथल भइरहेको छ, त्यसको अन्तर्राष्ट्रिय र राष्ट्रिय परिवेश बुझ्न जरुरी छ ।’ संविधान जारी भएको १२ वर्ष भइसक्दा पनि सरकार बनाउने र गिराउने खेलमै केन्द्रित भएको भन्दै उनले ... The post संविधान निर्माणपछि सरकार बनाउने र गिराउने खेल धेरै भयो : पूर्वप्रधानमन्त्री भट्टराई appeared first on Kalika Khabar.