काठमाडौं । नेपाली आमसञ्चार उद्योगको पहिलो तथा अग्रणी संस्था नेपाल विज्ञापन संघ (आन)ले काठमाडौंमा रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम सम्पन्न गरेको छ। यसअघि कृति अवार्ड्सको क्रममा ‘एजेन्सी ब्रीफिङ सेसन’का रूपमा आयोजना हुँदै आएको कार्यक्रमलाई यस वर्ष गैर–सदस्य एजेन्सीहरूलाई समेत सहभागी गराउँदै ‘कृति कनेक्ट’का रूपमा विस्तार गरिएको हो। अवार्ड्सको गरिमा, प्रभाव र छविलाई थप उचाइमा पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आनले जनाएको छ। ‘क्रियटिभिटी कनेक्ट, ह्वेर इट अल स्टार्ट्स’ नाराका साथ आयोजित कार्यक्रममा विज्ञापन तथा बजारीकरण क्षेत्रका नयाँ विचार, सिर्जनात्मकता र व्यावसायिक सम्बन्धलाई सुदृढ पार्ने विभिन्न गतिविधि सञ्चालन ... The post काठमाडौंमा रेड बुल १३औँ कृति अवार्ड्स २०८३ को ‘कृति कनेक्ट’ सम्पन्न appeared first on Kalika Khabar.