काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अब थप नयाँ ऊर्जाका साथ अघि बढ्ने बताएका छन्। आइतबारबाट काठमाडौंमा सुरु पार्टीको १५ औं महाधिवेशन उद्घाटन समारोहमा उपसभापति शर्माले विशेष महाधिवेशनबाट गगन थापालाई सभापति बनाएर नयाँ भिजन र धारणाका साथ अगाडि बढेको भन्दै महाधिवेशनपछि थप दृढता र नयाँ ऊर्जाका साथ अघि बढ्ने बताएका हुन्। उनले बी.पी. कोइरालाले स्थापना गरेको पार्टीलाई पुराना अग्रजहरूको सम्मान गर्दै नयाँ पुस्ताले सबल ढङ्गले हाँकिरहेको र देशको मुहार उज्यालो बनाउन योगदान