शंकर पोखरेलको टिप्पणी : रवि लामिछाने सबै दलसँग संवाद गर्नुहुन्छ, प्रधानमन्त्री आफ्नै दलसँग कुरा गर्नु हुन्न

  • आइबार​ १८ असो २०८३ ११:३२ AM
काठमाण्डु- नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक दल, संसद् र नागरिकसँग संवाद नगरी अघि बढेको भन्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा आइतबार शुभकामना मन्तव्य दिँदै पोखरेलले सरकारको यही शैलीले राष्ट्रिय संकट सामना गर्न सक्नेमा मात्रै नभई लोकतन्त्रको भविष्यमै शंका उत्पन्न भएको बताए