काठमाण्डु- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीको धन, सीप र भावनालाई नेपाल निर्माणमा जोड्न सरकार, निजी क्षेत्र र डायस्पोराबीच सहकार्यको नयाँ लगानी मोडेल बनाउनुपर्ने बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा आइतबार मन्तव्य दिँदै शर्माले विदेशको नेपाली समुदायलाई नेपालको विकाससँग जोडेर समृद्धिको नयाँ मोडेल अघि बढाउनुपर्ने बताए। ‘डायस्पोरामा रहेको नेपाली धन र