महाधिवेशनको मञ्चबाट विश्वप्रकाश- यो यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अघि बढ्छौँ

  • आइबार​ १८ असो २०८३ ११:५० AM
काठमाण्डु- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १५औँ महाधिवेशन पार्टीको नयाँ यात्राको सुरुवात भएको बताएका छन्। महाधिवेशनपछि कांग्रेस थप बलियो, ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर अघि बढ्ने उनले दाबी गरे। महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले ८० वर्षको इतिहास बोकेको कांग्रेसले लोकतान्त्रिक आन्दोलनदेखि मुलुकका विभिन्न संकटमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। जननायक बीपी कोइरालाको नेतृत्वमा